काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रमलाई विस्तार गर्ने भएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

अहिले १४० वटा विद्यालयमा उक्त कार्यक्रम चलिरहेको उनले जानकारी दिए । साथै अर्थमन्त्रि शर्माले शिक्षासँग सीप अभियानलाई माध्यमिक तह लक्षित पाठ्यक्रममा निर्माण गर्ने बताएका छन् ।











