Logo
Logo

वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा


6.6k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)क संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेटमा ६८ वर्षभन्दा माथि उमेर समूहका लागि वृद्धभत्ताको व्यवस्था गरिएको उल्लेख छ । उक्त बजेटबारे प्रतिक्रिया दिँदै डा.भट्टराईले आफूले वृद्धभत्ता नलिने घोषणा गरेका हुन् ।

उनले भने- मैले एउटा कुरा भन्नै पर्छ । म अब ६८ वर्ष पुगिसके । ६८ वर्ष पार गरिसकेकाले मैले पनि वृद्धा भत्ता पाउने भएँ । म वृद्धाभत्ता लिएर जनतामाथि बोझ थुपार्न चाहन्नँ । त्यो चाहिँ म नलिने घोषणा गर्दछु ।’

उनले सामाजिक सुरक्षा भत्ता पूरानै ढंगले आएको बताए । उनले भने, ‘यो घटाउन आवश्यक थिएन । यस्ता छरिएको सामाजिक सुरक्षा भन्दा एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पथ्र्यो । पूरानै ढंगले आयो ।

प्रतिक्रिया दिनुहोस्