Logo
Logo

शाखा अधिकृतविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २७ असार ।
शिक्षा विकास तथा समन्वय इकाइ सल्यानमा कार्यरत इकाइ प्रमुख (शाखा अधिकृत)धनबहादुर ओलीविरुद्ध मुद्दा दायर भएको छ । शिक्षक सरूवा प्रक्रिया सहजीकरणको लागि भेनर उनले घुस लिएका थिए ।


अख्तियार दुरुपयोगअनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीले इकाइ प्रमुख (शाखा अधिकृत) ओलीलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । अनुसन्धानमा उनले घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्