Logo
Logo

गठबन्धन सम्मानजनक भएन, सबैभन्दा धेरै हामी असन्तुष्ट छौं : झलनाथ खनाल


3.9k
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी गठबन्धनभित्र धेरै असन्तुष्ट भएको बताएका छन् ।

शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको बताए ।

फाइल फाेटाे

उनले भने, ‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं । किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन । त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं, त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौं । हामी आफैं पनि समीक्षा गर्दैछौं। अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौं ।’

फरक प्रसंगमा सम्मानित नेता खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए ।

उनले भने, ‘वामपन्थीहरूबीच एकता हुनु वस्तुगत आवश्यकता हो। तर यतिबेला वामपन्थी आन्दोलनका मेजर संगठनका नेताहरू अहिले वामपन्थी एकताको पक्षमा देखिनुहुन्न, यसो हुनाले तत्काल वामपन्थी एकताको आवश्यकता भए पनि त्यो सम्भावना चाहिँ निकै कमजोर छ ।’

प्रतिक्रिया दिनुहोस्