Logo
Logo

गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्दै


11.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट गैरसांसद शेरबहादुर कुँवर मन्त्री बन्ने भएका छन् ।

एकीकृत समाजवादीले आइतबार गरेको निर्णयअनुसार संघीय संसदको सदस्य नरहेका कुँवर मन्त्री बन्न लागेका हुन् । अछामका कुँवरलाई एकीकृत समाजवादीले श्रम तथा रोजगार मन्त्रीका रुपमा सिफारिस गरेको छ ।

कुँवर गत फागुन २१ सम्म राष्ट्रियसभा सदस्य रहेका थिए । गोलाबाट आफैले तानेको समयअनुसार उनी समय पूरा गर्दै बिदा भएका थिए ।

संविधानको धारा ७८ मा संघीय सांसद नभएको व्यक्ति मन्त्री बनेमा ६ महिनाभित्र सांसद बन्नुपर्ने व्यवस्था छ ।

तर, आगामी ६ महिना भित्र संघीय संसदको निर्वाचन हुने भएकाले कुँवरलाई समस्या नहुने देखिन्छ । तर, कुनै हालतमा संघीय निर्वाचन सर्यो भने मन्त्री रहिरहन कुँवरले अन्य कुनै उपाय खोजेर संसाद बन्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्