काठमाडौं । देशमा जताजतै संगठित गिरोह राजश्व छली र तस्करीका व्यस्त छ । तर, राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको ध्यान भने तस्करी रोक्न भन्दा अवैध धन्दाको संरक्षणतर्फ छ ।

पौडेलका आफन्तहरु नेपालबाट भारतमा ड्रोन तस्करीमा संलग्न रहेको गोप्य रिपोर्ट गृह मन्त्रालय पुगेको छ । यसमा पौडेलको संलग्नताको समेत आशंका गरिएको छ ।
भारतले गत माघदेखि विदेशबाट ड्रोन आयात रोक्ने निर्णय गरेको छ । त्यसपछि नेपालबाट भारतमा ड्रोन तस्करी मौलाएको छ । पछिल्लो चार महिनामा नेपालमा पाँच हजार भन्दा धेरै ड्रोन आयात भएको छ ।
अत्याधिक आयात भएपछि भन्सार कार्यालयले रोक्न खोज्ना राजश्व अनुसन्धान विभागका महानिर्देशक पौडेलले छाड्न दबाब दिएको स्रोत बताउँछ । ‘पछि बुझ्दा थाहा भयो उहाँकै आफन्तले यसरी ड्रोन आयात गरेर भारत पठाउँदा रहेछन् ।’ भारतमा ड्रोन पठाउँदा दोब्बर नाफा हुने भएकाले यसरी तस्करी बढेको छ । भारत पठाउँदा पनि महानिर्देशक पौडेलले भन्सारका हाकिमलाई दबाब दिने गरेको स्रोत बताउँछ ।
विदेशी मुद्रा सञ्चितिमा समस्या भएको भन्दै सरकारले विभिन्न सामान आयातमा रोक लगाइरहेका बेला यसरी अनाबश्यक ड्रोन आयात र तस्करी भने मौलाएको छ । तर, शक्तिशाली व्यक्ति यसमा संलग्न भएकाले अर्थ मन्त्रालयले समेत नियन्त्रण गर्न चासो दिएको छैन ।











