Logo
Logo

कोरोनाको कहरमा काम गरेकाहरु उपराष्ट्रपति पुनबाट सम्मानित


378
Shares

काठमाडौं । वल्र्ड बुक अफ रेकर्डस्ले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल वायुसेवा निगमका सिनियर पाइलट, समाजसेवी विजय लामा, लाययन्सका पूर्व डिस्ट्रिक्ट गर्भनर एवं सिभिल इन्जिनियर टंक बहादुर श्रेष्ठ, लायन कर्मा गुरुङ, डिस्ट्रिक्ट गर्भनर, ३२५ई, प्रहरी बल, डा. दिल बहादुर तामाङ, अध्यक्ष कान्छि माया तामाङ फाउन्डेसनलाई स्टार २०२० र स्टार २०२२ बाट विभूषितबाट वल्र्ड बुक अफ रेकर्डसले सम्मान गरेको छ ।

वल्र्ड बुक अफ रेकर्डस्का अध्यक्ष श्री सागर कट्वाल, हिपहप किङ निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वरिष्ठ फोटो पत्रकार हरिगोपाल प्रधान, मेमोरी किङ अर्पण शर्मालगायतको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति पुनले राष्ट्रलाई आवश्यकता परेको बेलामा अघि सरेर योगदान दिएका सम्पूर्ण सम्मानित व्यक्तित्वलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्