Logo
Logo

मध्यपहाडी लोकमार्गमा पहिरो खस्यो, सडक अवरुद्ध


1.5k
Shares

फाइल फोटो ।

काठमाडौं । वर्षासँगै खसेको पहिराेका कारण मध्यपहाडी लोकमार्गको बागलुङखण्डमा पर्ने घोडाबाँधे–हटिया सडक अवरूद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारी बुधबार रातिदेखि बाटोमै थन्किएका छन् । यात्रुले सास्ती ब्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्