Logo
Logo

सडक भासिएको ठाउँमा २ जनाको शव भेटियो


6.4k
Shares

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ ।

फोटोः सविन लामिछाने

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले सडकभन्दा करिब ६० मिटर तल कार खसेको जनाएको छ ।

सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको छ ।

सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

प्रतिक्रिया दिनुहोस्