
काठमाडौं । रायणगढ–मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ ।
बिहान पौने ९ बजे सुख्खा पहिरो खस्दा बाटो दुईतर्फी रुपमा अवरुद्ध भएको थियो । अवरोध हटाएर सवा ११ बजेदेखि सडक सञ्चालनमा ल्याइएको चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।
सडक खुलेपछि सवारी तथा यात्रु गन्तव्यतर्फ लागेका छन् ।











