Logo
Logo

गुल्मीमा एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु


1.4k
Shares

फाइल फोटो ।

काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका–२ रातापानीमा एक्साभेटर भिरबाट खस्दा चालकको मृत्यु भएको छ ।

दाङको शान्तिनगर गाउँपालिका–१ तिलकपुरका ३३ वर्षीय यज्ञ वलीको मृत्यु भएको हो । एक्साभेटर चालक उनको घटनास्थलमै मृत्यु भएको गुल्मीका डिएसपी माधवराज खरेलले जानकारी दिए ।

उनका अनुसार एक्साभेटर भिरबाट झण्डै ५ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्