Logo
Logo

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?


1.3k
Shares

काठमाडौं । सरकारले फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक र मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।

जेठ ११ गतेमात्रै विभागले भाडा २ प्रतिशत घटाएको थियो । तर, नेपाल आयाल निगमले डिजेलमा एकैपटक प्रति लिटर १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडासमेत बढाउने निर्णय लिएको हो ।

इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्