Logo
Logo

भंसार छुटमा लुट


20.3k
Shares

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले चीनमा निर्मित इलेक्ट्रिक कार ‘नेटा भी’ बजारमा ल्याएको छ । चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी)ले उत्पादन गरेको उक्त गाडीको मूल्यलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ ।

सीजी मोटर्सका अनुसार एकपटक फुल चार्ज गर्दा ३८० किलोमिटर गुड्ने यस कारको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ पर्छ । तर, सामाजिक सञ्जालमा यसको मूल्यलाई लिएर विरोध गर्नेहरूले यसको मूल्य १३ लाख मात्र पर्ने बताएका छन् । यस कारमा सरकारले भंसार अन्ततः शुल्क बढाएको छैन ।

सामाजिक सञ्जालमा आएको सूचनामा चीनमा १३ लाख पर्ने कार नेपालसम्म ल्याउँदा प्रतिकार १ लाख २० हजार ढुवानी खर्च, ७१ हजार आइडी र १३ प्रतिशत भ्याट जोड्दा १ लाख ३८ हजार २० रुपैयाँ पर्छ । यो सबै जोड्दा उक्त कारको मूल्य नेपाल भित्रिँदा १६ लाख ८४ हजार ८३० रुपैयाँ मात्रै पर्छ । प्रति कार २० प्रतिशत मुनाफा जोड्दा २० लाख भन्दा बढी पर्दैन । तर, सीजी मोटर्सले प्रति कारको बजार मूल्य ३७ लाख ९९ हजार तोेकेको छ ।

सरकारले विद्युतीय सवारी प्रवर्द्धन गर्न एक सय किलोवाट क्षमतासम्मको विद्युतीय सवारीलाई भन्सार सुविधा दिएको छ । तर, सीजी मोटर्सले सरकारले दिएको कर छुटलाई लुट धन्दा मच्चाउँदै बढी मुनाफा खान खोजेको आरोप छ ।

त्यसैले नेटा भी इलेक्ट्रिक कारप्रति सुरुमा उपभोक्ताहरुको आशा जागेपनि यसको मूल्यका कारण उपभोक्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्