Logo
Logo

सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ


2.8k
Shares

काठमाडौ । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छेका २० वर्षीय विकेश सोजु र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई बालाजु बस्दै आएका २० वर्षीया भोजकुमारी दाहाललाई पक्राउ गरेको साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

उनका अनुसार सोजुले पीडित नाबालिकाको तस्बिर इडिट गरी अश्लिल भिडिओ बनाएर पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाएर नाबालिकाको चरित्र हत्या गरेको आरोप छ ।

यस्तै, दाहालले पीडित महिलाको तस्बिर दुरूपयोग गरी समाजमा अपाच्य हुने खालको फोटो क्याप्सनसहित पोष्ट गरी पीडितको चरित्र हत्या गरेको आरोप छ ।

प्रहरीले सोजुलाई बुधबार र दाहाललाई बिहीबार पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्