
काठमाडौं । कञ्चनपुरको लालझाडी–३ निवासी एक महिला ६ दिनदेखि वेपत्ता भएकी छन् । वेदकेटा नगरपासिलका स्थित फुपूको घर हिडेकी ३८ वर्षीया रामकली राना सम्पर्कपविहीन भएकी हुन् ।
रामकलीलाई जेठ २३ गते भतिजा दिनेशले कलुवापुरसम्म मोटरसाइकलमा पुर्रयाएका थिए । त्यसपछि परिवार आफन्त कसैसँग सम्पर्कमा नरहेको छिमेकी मनोहर रानाले बताए ।
फुपूको घरमा रामकली नपुगेको खबर पाएपछि परिवारले खोजखबर गर्न सुरु गरेका छन् । मनोहरले भने, ‘अझै पनि फोन गरिरहेका छौँ, फोन लागिरहेको छैन, स्वीचअफ छ ।’ खोजतलासका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा आफन्तले निवेदन दिएका छन् ।
रामकलीका श्रीमान रामसाहेवको गत वर्ष मृत्यु भएको थियो ।














