काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबलकार प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्युआर कोड स्क्यान गरी केबलकारको टिकट खरिद गर्नेलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । टिकट खरिदपश्चात् डिजिटल माध्यमबाट भुक्तानी गरेमा बैंकका ग्राहकले १० प्रतिशत छुट पाउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाइएको छ । पोखरामा रहेको अन्नपूर्ण केबलकारले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आइरहेको जनाइएको छ ।
बैंकले हाल देशभरमा एक सय एक शाखा, ९२ एटिएम र १० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।











