Logo
Logo

सिटिजन्स बैंकका ग्राहकले मनकामना हस्पिटलमा छुट पाउने


567
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चितवनको भरतपुरमा रहेको मनकामना हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको छ ।

समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले मनकामना हस्पिटलका विभिन्न सेवा–सुविधामा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाइएको छ । त्यसैगरी, आफ्ना कार्डवाहकहरूको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

आफ्ना ग्राहकका वित्तीय आवश्यकता सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, इ–केवाइसी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्नेजस्ता सुविधाको सुरुवात गरिसकेको बैंकले जनाएको छ । साथै, यस बैंकका ग्राहकका बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरू छिटो समाधान गर्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको जनाइएको छ ।

हाल बैंकले देशभरमा एक सय ७४ शाखा, एक सय २५ एटिएम र ९३ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्