Logo
Logo

भीम रावलको प्रश्न- शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री बने देश के होला ?


1.3k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले शेरबहादुर देउवा पाँच प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधिनता खतरामा परेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता रावलले देउवाकै कारण देशको स्वाधिनता खतरामा परेको आरोप लगाए ।

देउवा ५औँ पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिकलगायतका सम्झौता भइरहेको बताउँदै भने, ‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो । सोही समयमा महाकाली सन्धी पनि भयो ।’

उनले देउवा दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आएको बताउँदै रावलले प्रश्न गरे, ‘७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’

उनले नेपालको संविधानको धारा ५१ को ‘ड’द्वारा निर्देशित संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशील र असंलग्नताको सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति धमाधम उल्लंघन भइरहेको बताए ।

यस्तै, नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्दा बखत भएको १२ बुँदे व्याख्यात्मक सम्झौता संसदमा पेस नगर्नुको कारण उनले सोधेका छन् ।

रावलले प्रश्न गरे, ‘व्याख्यात्मक घोषणामा एमसीसीको सहमतियुक्त पत्र प्राप्त बिना सम्झौता कार्यान्वयन अघि किन बढाएको ?’ उनले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा हुने कार्यसूचीबारे पनि माग गरेका छन् । ‘प्रधानमन्त्रीको अमेरिका भ्रमणमा हुने कार्यसूची के–के हुन् ? यसबारे संसदलाई जानकारी किन नगरिएको हो ?’

प्रतिक्रिया दिनुहोस्