Logo
Logo

नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : शक्ति बस्नेत


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताएका हुन् । उनले सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद आइरहेको बताए ।

‘एक लाख देखिका योजनाहरु सशर्त योजनाका रुपमा राखिएका छन् । कार्यक्रममा पुँजीगत खर्च बढाउन यसले समस्या पार्छ जस्तो लाग्छ । यति धेरै योजनाहरु सशर्त योजनाका रुपमा प्रदेश र स्थानीय तहमा दिइएको छ, न ती योजनाहरु उनीहरुले स्वीकार गर्ने अवस्थामा छ’ उनले भने, ‘न ती सबै कार्यान्वयन गर्नका लागि त्यहाँ संरचनात्मक व्यवस्था छ । यसले पूँजीगत खर्च बढाउन केही समस्या पार्छ कि जस्तो लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्