Logo
Logo

संसद्‌मा आज मन्त्रीहरुले जवाफ दिँदै


1.6k
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक बैठकमा आजदेखि विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु हुँदैछ ।

सांसदले उठाएका प्रश्नमाथि सोमबारदेखि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम जारी छ । जसका लागि सोमबार बिहान ११ जबे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।

विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरुले बोल्ने क्रम आइतबार सकिएको थियो । आइतबार सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफल भएको थियो ।

सोमबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन विधेयकका शीर्षमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्