Logo
Logo

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट पाँचथरकी सम्झनाको मृत्यु


1.2k
Shares

काठमाडौं । कोटेश्वरमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ–५ निवासी ३४ वर्षीय सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी काठमाडौं काँडाघारी बस्दै आएकी थिइन् ।

कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको ना५ख २८१९ नम्बरको मिनी ट्रकले आइतबार राति पौने १० बजे मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।

राईको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्