
काठमाडौं । गण्डकी सरकारको युवा तथा खेलकुद मन्त्रालयले युवा नीति निर्माणलाई अन्तिम चरणमा पुर्रयाएको छ । नीतिका लागि तयार पारेको मस्यौदाउपर अन्तरक्र्रिया, राय तथा सुझाव संकलन तीव्र रुपमा भइरहेको छ ।
युवालाई स्वदेशमै रोजगारी दिने, खेलकुद क्षेत्रमा लागेका युवालाई प्रोत्साहन गर्ने, सीप सिकाएरमात्रै स्वरोजगार बनाउनेलगायतका विषय समावेश गरेर प्रदेशस्तरीय युवा नीति बनाउन लागिएको मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । ११ जिल्लाका युवाबाट सुझाव संकलन गरिरहेको उनको भनाइ छ ।
सोमबार बाग्लुङका युवाहरूले नीतिमा भाषा तथा संस्कृति संरक्षणमा युवालाई अग्रसरता दिने, अपांगमैत्री खेलकुद संरचना तयार पार्ने, खेलाडीलाई प्रोत्साहन गर्ने, युवा स्वरोजगारका लागि रचनात्मक कार्यक्रम समेट्न सुझाव दिएका थिए ।











