Logo
Logo

इम्बोस्ड नम्बर प्लेट प्रकरण : चोलेन्द्रको अक्षम्य ‘राष्ट्रघात’


6.5k
Shares

काठमाडौं । एउटा भनाइ नै छ, भनिन्छ ‘सबै बिक्दा पनि प्रधानन्यायाधीश बिक्दैन । किनभने, उसले देशको संविधान र कानूनको अक्षरंश र भावनाअनुसार चल्नुको विकल्प हुँदैन ।’ तर, नेपालले इतिहासमा एउटा यस्तो प्रधानन्यायाधीश पायो जसले सिधै भाषा र लिपी समाप्त पार्ने दूरगामी षड्यन्त्रअनुसार आएको राष्ट्रघाती कदमलाई सदर गरेर न्यायालयलाई नै बदनाम बनाए । ती प्रधानन्यायाधीश हुन् चोलेन्द्र शमशेर राणा ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा

उनले ईम्बोस्ड नम्बर प्लेटमा तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले गरेको फैसलालाई उल्टाउन इजलास नै गठन गरेर लागू गर्न सक्ने बाटो खुला गरिदिए । जसका कारण नेपाली भाषामाथि ठाडो प्रहार भएको छ । ईम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी हटाएर अंग्रेजीको रोमन लिपी लागू गर्न खोजिएको छ । यसका लागि बालुवाटारनिकट कमिसन खोरहरूले योजनावद्ध तरिकाले सरकारलाई नै प्रभावित पारेको छर्लङ्ग भइसकेको छ ।

राणा नेतृत्वको इजलासले संविधानको धारा ७ को उपधारा १ को विरुद्ध गई ईम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपको साटो रोमन लिपी राख्ने गरी विकल्प खुल्ला गरिदिएको थियो । नेपालको संविधान धारा १ र धारा ७ मा सरकारी कामकाजका लागि राष्ट्रिय भाषा अनिवार्य लागू गर्ने कानूनी व्यवस्था छ । यसो हुँदाहुँदै राणा प्रधानन्यायाधीशका रुपमा रहँदा २७ मंसिर २०७६ मा देवनागरी लिपीमा नम्बर प्लेट लेखिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट नै खारेज गरिदिए ।

नेपालको इतिहासमा सर्वोच्च अदालतले संविधानकै धाराको उल्लंघन गरी गरेको फैसला थियो त्यो । वरिष्ठ अधिवक्ता डा. टीकाराम भट्टराईले आइतबार सामाजिक सञ्जालमा संविधानको धारा ७ (१) मा देवनागरी लिपिको नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भनी लेखिएकोले त्यो विपरित इम्बोस्ड नम्बर लेखिने व्यवस्था राष्ट्रघात भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्,‘कमिसन, सेटिङ र विदेशी प्रभावमा भएका संविधान विरोधी सबै कार्य वा जुनसुकै निर्णय वा फैसला स्वीकार्य छैनन् । आवाज बुलन्द गरौं ।’ संविधान विरोधी यो कदमको सर्वत्र विरोध भएको छ । यस्ता संविधान र राष्ट्रविरोधी कदम अगाडि बढाउनेहरु २०७४ अघि नै सक्रिय थिए । यसको मार्ग प्रशस्त गर्न राणाले मुख्य भूमिका खेले । राणा अहिले निलम्बनमा छन् । तैपनि विभिन्न तरिकाले आफ्ना विगतका कर्तुतको बचाऊ गर्न लागिपरेका छन् ।

त्यसो त ईम्बोस्ड नम्बर प्लेटको डिजाइन लामो समय लगाएर भएको थियो । यसमा अर्बाैंको कमिशन असुल्ने योजनासमेत बुनिएको थियो । त्यसअनुसार नियुक्तिहरू दिने र निर्णयहरू समेत गरिने गतिविधि भए । करोडौंका घोटालाहरु हुँदै गए । माफियाको एउटा समूह नै लागेर यसमा ठूलै चलखेल गर्दै गयो ।

२०७४ अघि नै यसबारे निर्णय भएको थियो । तर, काठमाडौं जलढुंगामार्गका भरतकुमार बस्नेतले अंग्रेजी भाषामा ईम्बोस्ड नम्बर प्लेट वितरणमा रोक लगाउन र देवनागरी लिपीमा नम्बर प्लेट लेखिनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले रिटको पक्षमा फैसला गरेर आदेश जारी गरेको थियो । तर, २७ मंसिर २०७६ मा राणाले इजलास नै गठन गरेर रिट खारेज गरिदिए । पराजुली प्रधानन्यायधीशबाट हटाइनुमा यही माफिया समूहले पनि चलखेल गरेको खुल्दै गएको छ । जसका कारण राणा प्रधानन्यायाधीश बन्नेबित्तिकै ईम्बोस्ड नम्बर प्लेटको रिट नै खारेज गरिदिए । देशको प्रधानन्यायाधीशको कुर्सीमा बसेर राणाले राष्ट्रघात गरे ।

उनको नेतृत्वको इजलासले संविधानको विरुद्ध फैसला गरेको विषयले अदालतप्रति सर्वसाधारणको विश्वासमै आँच पुग्ने अवस्था बनेको छ । यही फैसलको आँडमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा ईम्बोस्ड नम्बर प्लेट राख्न निर्देशन मात्र दिएन कारबाहीको धम्की नै दियो जनतालाई ।

यातायात व्यवस्था विभागले असार मसान्तभित्र अनिवार्य ईम्बोस्ड नम्बर प्लेट राखी सक्नुपर्ने र अन्यथा साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने चेतावनी समेत दिएको थियो ।

कस्को इशारामा ई बाट ईशा ?

‘ई बाट ईश्वर पढ्ने गरेका थियौं हामीले, अहिले आएर ई बाट ईशा किन आयो । धर्मनिरपेक्ष भनिएपछि ई बाट ईमान किन भएन ?’ एमाले सांसद डा. भीम रावलले संसदमा यसरी यो विषय उठाए । ई बाट ईशा उल्लेख गरी पाठ्यपुस्तक तयार गर्ने अभ्यास नेपाल एजुकेशन फाउन्डेशन हो । यसले योजनावद्ध तरिकाले पाठ्यपुस्तकमा एउटा धर्म विशेषलाई प्रश्रय दिने गरी तयार गरेको खुलिसकेको छ ।

तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले रिटको पक्षमा फैसला गरेर आदेश जारी गरेको थियो । तर, २७ मंसिर २०७६ मा राणाले इजलास नै गठन गरेर रिट खारेज गरिदिए । पराजुली प्रधानन्यायधीशबाट हटाइनुमा यही माफिया समूहले पनि चलखेल गरेको खुल्दै गएको छ । जसका कारण राणा प्रधानन्यायाधीश बन्नेबित्तिकै ईम्बोस्ड नम्बर प्लेटको रिट नै खारेज गरिदिए । देशको प्रधानन्यायाधीशको कुर्सीमा बसेर राणाले राष्ट्रघात गरे ।

एलकेजीका कलिला बालबालिकालाई इशाई धर्मको विषय उल्लेख गरी सिकाउने उद्देश्यले पाठ्यपुस्तकमा यसलाई घुसाइएको फेला परेको हो । यसको चौतर्फी विरोध भएपछि उक्त प्रकाशनले त्रुटि भएको भन्दै सच्याएको जवाफ दिएको छ । तर, बजारमा गइसकेको पुस्तक फिर्ता गराउनेबारे केही उल्लेख छैन ।

ई बाट ईशाई उल्लेख गर्ने अनि त्यो पाठ्यपुस्तक मन्टेस्वरीहरूमा पु¥याउने योजनावद्ध तरिकाले काम भएको खुलेको छ । यस्तो विषय संयोग या त्रुटी हुन सक्दैन । अर्कोतर्फ, पुस्तकका परिकल्पनाकार रमेश भुषाल आफै इशाई मिसिनरीसँग सम्बन्धित भएको खुलेको छ । भुषाल परिकल्पनाकार रहेको पुस्तकका लेखक अर्चना भण्डारी, बिना शर्मा र लिना श्रेष्ठ छन् । २०७४ मा पहिलो पटक प्रकाशित भएको यो पुस्तक हरेक वर्ष देशका धेरै विद्यालयहरूमा पुग्ने गर्छ ।

यसैगरी, कलिला बालबालिकालाई पढाउने पुस्तकमा रङ्गभेद, वर्णभेद र संस्कृतिको अपमान गर्ने सम्मका गतिविधिहरू भेटिएको छ । बालबालिकालाई पढाइने अंग्रजीको राम्री र कुरुप चिनाउन दुई महिलाको चित्र बनाइएको छ । जसमा एक महिला गोरो वर्णकी छिन् । खैरो कपाल र विदेशी भेषभूषकी ती महिलाई राम्री भनिएको छ । अर्को महिला कालो वर्णकी छिन् । उनले परम्परागत हिन्दू नारीले लगाउने पोशाक लगाएकी छिन् । रातो टीकामा रहेकी उनलाई नराम्री भनिएको छ । राम्री र नराम्री छ्ट्याउँदा पुस्तक पढ्ने नेपाली बालबालिकाले आफ्नै आमा र हजुरआमालाई नराम्री भन्ने अवस्था आउन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्