Logo
Logo

ज्यालादारी कर्मचारी हटाउने वीरगञ्ज महानगरको निर्णय


504
Shares

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले निवर्तमान मेयर विजय सरावगीले नियुक्त गरेका ज्यालादारी कर्मचारी हटाएको छ ।

२०७८ वैशाखदेखि नियुक्ति भई दैनिक ज्यालादारीमा कार्यरत सबै कर्मचारीलाई अर्को व्यवस्था नभएसम्म हटाएको प्रमुख प्रशासकिय अधिकृत बलराम ढकालले सोमबार सूचना जारी गरेका हुन् ।

नगर कार्यपालिकाको कार्यालय र अन्तर्गत रहेका सबै वडा कार्यालय, स्वास्थ्य चौकी र केन्द्रमा तत्कालिन मेयर विजय सरावगीले सयौं ज्यालादारी कर्मचारी नियुक्त गरेका थिए ।

०७९ असार १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्