
काठमाडौं । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा पार्टीको आन्तरिक जीवनका सम्बन्धमा छलफल हुने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
नेता रिजालका अनुसार बैठकमा सदस्यले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काम र त्यसक्रममा देखा परेका समस्याका बारेमा रिपोर्टिङ गर्नेछन् । सचिवालय बैठक लगत्तै अनुशासन आयोगको बैठक बसेको हो ।
सोमबार बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, जनप्रतिनिधिलाई असार २ र ३ मा पार्टीले दिने प्रशिक्षण र केही विभागमा सदस्य थप्ने निर्णय गरेको थियो ।
अनुशासन आयोगका अध्यक्ष केशव बडालको अध्यक्षतामा बैठक बसिरहेको हो ।











