Logo
Logo

जिसस ताप्लेजुङको प्रमुखमा समाजवादीका छिरिङ


8.1k
Shares

काठमाडौं । जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुखमा नेकपा एकिकृत समाजवादीका छिरिङ लामा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न निर्वाचनमा समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका लामाले १० मत प्राप्त गरे । लामाले गठबन्धनकातर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको समर्थनमा उम्मेदवारी दिएका थिए ।

प्रतिस्पर्धी एमालेका घनेन्द्र मादेनले ८ मत प्राप्त गरेका छन् । मादेन यसअघि प्रमुख थिए । उपप्रमुखमा भने कांग्रेसका कृष्णकुमार लिङ्खिम निर्विरोध भएका छन् । सदस्यमा पनि गठबन्धनकै उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसका रविन्द्रकुमार वनेम, विष्णुप्रसाद तिवारी, सविता लिङ्देन लिम्बू, चन्द्रकला दाहाल, हेमन्ता मिश्र पौडेल तथा माओवादीका भूपाल मादेन र सन्तोस राई सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्