Logo
Logo

युवालाई सैनिक तालिम दिनेबारे छलफल अघि बढ्छ : शिक्षामन्त्री पौडेल


504
Shares

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले आवश्यकता अनुसार युवालाई सैनिक तालिम दिनेबारे सरकारले सल्लाह गर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

‘युवालाई देशको राष्ट्रिय भाव जगाउने कुरा, संस्कार, संस्कृतिले समुन्नति गर्ने कुरा देशभक्ति भावना जगाउने जुन यहाँहरूले उठाउनुभएको कुरा छ,’ युवा तथा खेलकुद मन्त्रीको प्रतिनिधिका रुपमा जवाफ दिन गएका पौडेलले भने, ‘सबैलाई सैनिक प्रकृतिको मिलिटेन्सी अनुभूति हुने प्रकारको प्रशिक्षण दिने नदिने भन्ने कुरा समग्र राज्यले निर्णय गर्ने कुरा हो । यहाँहरूले उठाउनु भएको यो कुरालाई मन्त्रालयले छलफल गर्ने म विश्वास दिलाउन चाहन्छु ।’

खेलकुद मन्त्री विदेश भ्रमणमा रहेका कारण उनले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरुको जवाफ दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्