
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका शीर्ष नेतालाई अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने आश्वासन दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटवार्तामा देउवाले यस्तो आश्वासन दिएका हुन् । दाहाल र नेपालले देउवालाई यो विषयको बारेमा अगाडि नबढ्न सुझाव दिएका थिए ।
अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा यस विषय बारेमा कुरा भएको बुझिएको छ ।














