Logo
Logo

एसपीपी सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव


7.9k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त सम्झौता अघि नबढाउन सन्देशमार्फत सुझाव दिएका छन् ।

सम्झौताको मस्यौदा सार्वजनिक भएसँगै अहिले त्यसको तिव्र विरोध भइरहेको छ । अमेरिकाले उक्त सम्झौतामा हस्ताक्षर गर्न नेपाललाई दबाब दिइरहेको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका क्रममा सम्झौतामा हस्ताक्षर गर्न अमेरिकाले दबाब दिइरहको भन्ने सामाचार बाहिरिएपछि राष्ट्रपति भण्डारीले देशलाई दीर्घकालीन असर पर्ने काम नगर्न सुझाव दिएकी हुन् ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीले स्वभाविक सरकार संयन्त्रमार्फत् एसपिपीका बारेमा चासो व्यक्त गरेकी छन् । उनले दीर्घकालीन असर पर्ने सम्झौता सरकारले अघि बढाउन हुन्न भन्ने सन्देश प्रधानमन्त्रीलाई दिएका छन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति भण्डारीले सेनाका उच्च अधिकारीहरुसँग उक्त विषयमा निरन्तर छलफल गरिरहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्