
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी सेनासँग स्टेट पार्टरसिप प्रोग्राम (एसपीपी) सहकार्य हुँदैन भनेर संसदमा बोल्नुपर्ने बताएका छन् ।
नेपाल यस्तो समारिक स्वार्थ भएको विषयमा सामेल नहुने उनको भनाइ छ । ‘यो सम्झौता कहाँबाट आयो ? कसको पालामा आयो ? सेनाको प्रवक्ता हामीलाई थाहा छैन भन्नुहुन्छ । पूर्व रक्षामन्त्रीहरूले हामी सकरात्मक भएर अगाडी बढायौं भनेको पनि समचारमा आएका छन्,’ बुधबार संसद बैठकमा थापाले भने, ‘मेरो र नेपाली कांग्रेस पार्टीको स्पष्ट धारणा छ, यो गर्नुहुँदैन । र, यस्ता कुराहरू आइसकेपछि प्रधानमन्त्रीले आजै यो सदनमा उभिएर यस्तो सम्झौता नेपालले गर्दैन, उहाँको आफ्नै शैलीमा हुँदैन, हुँदेन, हुँदैन, गर्दैन, गर्दैन, गर्दैन, भन्नुपर्छ ।’
यो विषयमा गम्भीरतापूर्वक जवाफ दिन उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।














