Logo
Logo

‘असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने गतिविधि तत्काल रोकिनुपर्छ’


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी सम्झौता पारित गर्नुको प्रभाव देखिन थालेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

सरकारले तत्कालीन समयमा बहुमतको आडमा जबरजस्ती एमसीसी अनुमोदन गरेको बताउँदै उनले भने, ‘एमसीसीले नेपालमा केही किलोमिटर सडकलाई कालोपत्रे गर्ने र प्रसारणलाइन निर्माणको योजना मात्र ल्याउँदै छैन भन्ने जनमानसको आशंका थियो । सडक कालोपत्रे र प्रसारण लाइनसँगै अरु धेरै चिज एमसीसीले ल्याउने रहेछ ।’

एमसीसीपछि अहिले एसपीपी आएको र यसपछि अन्य सम्झौता पनि आउन सक्ने बताउँदै उनले भने, ‘सरकारले विगतका गल्तीहरू किन लगातार दोहोर्याइरहेको छ ?

‘देशमा कुनै पनि संकट आउन नदिने गरी सरकार बस्नुपर्नेमा विवादास्पद र अफ्ठ्यारो पार्ने गरी किन अघि बढ्छ ?’ लिङ्दनेको प्रश्न छ । देशलाई अहित हुने सम्झौताहरु अविलम्ब रोकेर असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने गतिविधि तत्काल रोकिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्