Logo
Logo

एसपीपी स्विकार्य छैन : विश्वप्रकाश शर्मा


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार्य नभएको बताएका छन् । महामन्त्री शर्माले बुधबार ट्वीट गर्दै नेपाली कांग्रेस र त्यसको नेतृत्वको सरकारले एसपीपी स्वीकार्य नहुने धारणाको प्रतिनिधित्व गर्ने बताएका छन् ।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ- ‘नो थ्याङ्कस’ उनले लेखेका छन्, ‘एसपीपी हामीलाई स्विकार्य छैन !’ अमेरिकाको नेशनल गार्डसँगको सहकार्यसम्बन्धी दस्तावेज सार्वजनिक भएपछि राजनीति गर्माएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणअघि एसपीपी सम्बन्धी दस्तावेज सार्वजनिक भएको हो ।

‘कांग्रेसको धारणा यही (अस्वीकार गर्ने) बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ’ शर्माले लेखेका छन् ‘हामी साझा ढंगले प्रष्ट छौं– समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य ’

यसअघि कांग्रेसका अर्का महामन्त्री गगन थापाले एसपीपी अस्वीकार्य भएको भन्दै त्यस विषयमा प्रधानमन्त्री देउवाले संसदमै जानकारी गराउनु पर्ने माग गरेका थिए । विपक्षी दलहरुले पनि त्यस विषयमा सरकारको धारणा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्