Logo
Logo

देशको पूर्वी भेगमा लगातार वर्षा,बाढी पहिरोको जोखिम


1.1k
Shares

काठमाण्डौ । देशको पूर्वी क्षेत्रमा लगातारजसो वर्षा भइरहेको छ ।

प्रदेश–१ र बागमती प्रदेशमा केही दिनदेखि वर्षा नराेकिएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् ।

यस्तै दिउँसो बागमती, गण्डकी र प्रदेश–१ का धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । माैसमविद् हिरा भट्टराईका अनुसार राति भने ठूलो पानी पर्ने अनुमान छ ।

राति प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । अहिले बागमती, गण्डकी, मधेस र प्रदेश–१ मा मनसुनी प्रणाली सक्रिय छ । अन्य प्रदेशमा भने आंशिक मात्र प्रभाव रहेकाले त्यहाँ खासै पानी पर्न सकेको छैन ।

धनगढी, बर्दिया, सुर्खेत र रुपन्देहीमा हल्कादेखि मध्यम वर्षा भए पनि मनसुन फैलिइसकेको छैन । त्यसैले त्यहाँ गर्मी बढेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्