Logo
Logo

एसपीपी कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्छ : भीम रावल


441
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले स्टेट पाटर्नससिप प्रोग्राम (एसपीपी) कार्यान्वयन भए नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् ।

फाइल फोटो

बिहीबार काठमाडौंमा पूर्वसुरक्षाकर्मी सुरक्षा परिषदले आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै पूर्वरक्षामन्त्रीसमेत रहेका रावलले भने, ‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ ।’

उनले एसपीपी सम्झौताले नेपालको अस्मिता र अस्तित्वमा नै खतरा पैदा गर्ने बताउँदै राष्ट्रवादी नेपाली जनता सचेत हुन जरुरी रहेको बताए ।

नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिबिना अघि नबढेको र दुई चारजना मानिस जम्मा भएर राष्ट्रिय सहमति भयो भनेर राष्ट्रघाती काम गर्ने छुट समेत कसैलाई नभएको बताए । एसपीपीबारे अहिले कुप्रचार गरेर देशभक्त नेपालीहरुको आवाज दबाउन खोजिएको रावलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्