Logo
Logo

एसपीपीले सेनामा तरंग, जंगीअड्डामा आकस्मिक छलफल


4.6k
Shares

काठमाडौं । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाको तर्फबाट अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राममा अनुबन्धन हुनका लागि पठाएको पत्र बाहिरिएसँगै सैनिक मुख्यालय जंगी अड्डामा आकस्मिक बैठक बसेको छ ।

पूर्वप्रधानसेनापछि क्षत्रीले सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १०) गते नेपाली सेनाको तर्फबाट नेपालस्थित अमेरिकी राजदूत अलाइन बी. टेप्लिजलाई सम्बोधन गर्दै एसपीपीको सम्बन्धमा पत्राचार गरेका थिए । उक्त पत्र बाहिरिएसँगै सेनाले छलफल थालेको हो ।

सेनाले बुधबार विज्ञप्ति जारी गर्दै एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको दाबी गरेको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको १५ दिनपछि क्षत्रीले एसपीपी अघि बढाउन अमेरिकी राजदूत अलाइना बी. तेप्लिजलाई पठाएको भन्दै बिहीबार एउटा शंकास्पद पत्र बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्