Logo
Logo

एसपीपी ओली नेतृत्वकै सरकारमा अघि बढेको पुष्टि भइसकेको छ : महामन्त्री शर्मा


1.1k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वकै सरकारमा अघि बढेको पुष्टि भएको दाबी गरेका छन् ।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टीलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताएका हुन् ।

उनले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलुकको हित विपरीतका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहो¥याए ।

उनले अहिलेसम्म विवादमा नपरी आएको नेपाली सेनालाई यो प्रकारको संलग्न हुने, पहिलेको नेतृत्वको संलग्न हुने, अहिलेको नेतृत्व सुसूचित नहुने अनि विवादमा तानिने घटनाक्रम सुन्दर संकेत नभएको उनको भनाइ थियो ।

‘यस्तो विषयबस्तु आउँदै गर्दा एकले अर्कोलाई खसाल्ने ढङ्गले अभिव्यक्तिहरू आउने कुरालाई राष्ट्रिय एकतालाई बलियो बनाउने होइन’ उनले भने, ‘कमजोर बनाउने र यस्ता विषयहरूलाई राजनीतिको शिकार बनाउने कुराले समुन्नत राष्ट्र बनाउने कुरामा बाध्य पु¥याउँछ । हामी कुनै पनि प्रकारको सैन्य गतिविधिमा कहिल्यै पनि सामेल हुँदैनौ ।’

प्रतिक्रिया दिनुहोस्