Logo
Logo

आइएमई लाइफको बालकिरण बीमा योजनामा आकर्षण


189
Shares

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले हालै ल्याएको आइएमई बालकिरण जीवन बीमा योजनामा सर्वसाधरणको आकर्षण देखिएको छ । यसमा एकल नियमित (वार्षिक, अर्धवार्षिक, त्रैमासिक) र सीमित भुक्तानी तरिका राखिएको छ ।

यो योजनाअन्तर्गत नियमितरुपमा बीमा शुल्क भुक्तानी भई बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्षको अवधि पूरा भएको अवस्थामा जुन घटना पछि घट्छ त्यसमा बीमितको जोखिमवहन सुरु हुने कम्पनीले जनाएको । यद्यपि, बीमितको प्रवेश उमेर १५ वर्ष भएमा बीमा प्रारम्भ भएको एक वर्षपछि नै जोखिम वहन हुने छ ।

चालु बीमा लेखमा बीमालेख अवधिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमा प्रारम्भ मितिले चार वर्ष पूरा भएपश्चात प्रत्येक वर्ष बीमालेखको वार्षिकोत्सवमा र बीमा समाप्ति मितिमा भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

जोखिमप्रारम्भ हुनुअगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमा शुल्कबाहेक सम्पूर्ण बीमा शुल्क फिर्ता हुने छ ।

बीमा जोखिम प्रारम्भपछि बीमा अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही तत्काल बीमांक रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमांक र आर्जित बोनस रकम एकमुष्ठ बीमाअवधि समाप्ति भएपछि भुक्तानी हुने छ ।

चालु बीमालेखमा प्रस्तावककोे मृत्यु भएमा वा दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा पूरक करारमा उल्लेखित बीमांक रकम एकमुष्ठ भुक्तानी लाभवापत भुक्तानी पाउनेछन् । पूरक करारमा उल्लेखित बीमांक बराबर मूल बीमालेखअन्तर्गत तिर्नुपर्ने बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ । शैक्षिक आय सुविधाअन्तर्गत बीमांकको १ प्रतिशत रकम प्रत्येक महिना बीमितलाई कम्पनीले भुक्तानी दिनेछ ।

अतिरिक्त शुल्कसहित यो ऐच्छिक सुविधा बीमा अवधिभित्र बीमा प्रस्तावकको उमेर ७० वर्ष नपुगुञ्जेलसम्म प्रस्तावकको मृत्यु भएमा पूरक करारमा उल्लेखित बीमांक रकम काजकिरीया खर्चवापत एकमुष्ठ भुक्तानी पाउनेछन् । प्रस्तावकको उमेर ७० वर्ष नपुगुञ्जेलसम्म प्रस्तावकको दुर्घटनाको कारणबाट शारिरीक चोटपटक लागेर १८३ दिनभित्र प्रस्तावकको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमांक रकम दुर्घटना मृत्यु लाभवापत एकमुष्ठ पाउनेछन् ।

घातक रोगहरूमध्ये कुनै एक रोगको पहिचानसहित आवश्यक प्रक्रिया पूरा गरेको अवस्थामा शर्तहरूको अधिनमा रही उपचार सुविधा एकमुष्ठ प्राप्त गर्न सकिने छ ।

यस योजना अन्र्तगतका अन्य सुविधा यस्ता छन्
१) एकमुष्ठ भुक्तानी लाभ : रु २० लाखसम्म मात्र
२) बीमाशुल्क मिनाह लाभः रु. ५० लाखसम्म मात्र
३) शैक्षिक आय सुविधा: रु. ५० लाखसम्म मात्र
४) काजक्रिया खर्च : रु. २ लाखसम्म मात्र
५) दुर्घटना मृत्यु लाभ: रु. १ करोडसम्म मात्र
६) घातक रोग : रु. ५० लाखसम्म मात्र

प्रतिक्रिया दिनुहोस्