काठमाडौं । अजोड इन्स्योरेन्सले गुल्मीको इश्मा गाउँपालिकाको वडा नम्बर १ को वडा कार्यालयमा घुम्ती बीमा सेवा तथा स्थानीय निकायसँग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

घुम्ती बीमा सेवाबाट बीमाशुल्क रकम ८ लाख ८१ हजार सात सय ५० रुपैयाँ संकलन भएको कम्पनीले जनाएको छ । गाउँका जनतालाई कृषि बीमाको महत्वबारे जानकारी गराउन सो कार्यक्रम आयोजना गरिएको थियो ।
इश्मा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शेर बहादुर कुवँरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपाने, अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेम राज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पारेका थिए ।
उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
त्यस्तै, बीमा समितिको स्वीकृतीबमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे, सुदिप पौडेलले प्रशिक्षण दिएका छन् र उक्त कार्यक्रममा २३ जना क्षतिमुल्याङ्कनकर्ताको सहभागिता भएको थियो ।











