Logo
Logo

आइएमई जनरल इन्स्योरेन्स र इस्टेम सेन्टरबीच सम्झौता


882
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इस्टेम सेन्टरबीच सेवाप्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र इस्टेम सेन्टरका अध्यक्ष डा. बजरङ्गकुमार रौनियारले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहकलाई इस्टेम सेन्टर बत्तीसपुतली, काठमाण्डौँमा प्राप्त हुने स्वास्थ्य सेवामा १५ प्रतिशत छु हुनेछ ।

सो सेन्टरमा प्याथोलोजी टेष्ट, रेडियोलोजी टेष्ट, फार्मेसी, डेन्टल लगायताक स्वास्थ्य परीक्षण सेवा प्रदान हुन्छ । जहाँ प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी र डेन्टलका ३७ भन्दा बढी परीक्षण हुन्छ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले इस्टेम सेन्टरसँग आवद्धलगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवनबीमा सम्बन्धी सम्पूर्ण सेवाहरुआइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमाप्राप्त गर्नसक्नेजानकारी गराउनु गराएको आइएमईका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्