Logo
Logo

मन्त्री हेरफेर नगरे परिणाम राम्रो नहुने झलनाथ खनालको चेतावनी


7.3k
Shares

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पोलिटब्युरो बैठकपछि बोल्दै पार्टीको निर्णय प्रधानमन्त्री देउवाले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताए । उनले मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको र त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसकेको बताए ।

पार्टीको निर्णय नमान्ने नेता कार्यकर्ता वा मन्त्री कोही हुन नसक्ने बताए । त्यसका विरुद्ध पार्टीले आवश्यक कदम चल्ने र कारवाही गर्ने समेत बताए । तर, अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको उनले बताए ।

उनले पार्टीले निर्णय गरी गरिसकेको र पुर्नविचार गर्ने ठाउँ नभएको समेत बताए । दायाँ बायाँ यता उता फुल स्पट कमा केही गर्ने ठाउँ नभएको र आफैले गरेको निर्णय आफैले उलंघन गर्ने हो भने पार्टी चल्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्