Logo
Logo

कांग्रेसका कारण गठबन्धन टुट्न सक्छ : वर्षमान


21.9k
Shares

सिन्धुपाल्चोक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी हुने निर्वाचनमा वाम गठबन्धन हुने सम्भावना कम रहेको बताएका छन् । नेता पुनले एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण वाम गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको र अझै जरुरी रहेको बताए।

आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म त्यो संभावना नरहेको उनले बताए । स्थानीय तह निर्वाचनमा कांग्रेसले आफूलाई फाइदा हुने र गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गरेको नेता पुनले टिप्पणी गरे । गठबन्धन सम्मानजनक हुनुपर्ने र नभएमा टुट्न सक्ने बताए । अब आउने निर्वाचनमा कांग्रेसको त्यस्तो चलाखी नचल्ने उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्