
काठमाण्डौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्ने भएका छन् । अध्यक्ष थारु रेशम चौधरीको पार्टीमा आइतबार प्रवेश गर्दैछन्।
टीकापुर घटनामा मुछिएका भनिएका लक्ष्मण थारु उच्च अदालत दीपायलबाट जन्मकैदको सजाय सुनाइएको छ । उनी हाल अर्धभूमिगत जीवन बिताइरहेका छन् ।
टीकापुर घटना राजनीतिक भएकाले आफूहरूले सफाइ पाउनुपर्ने रिट रेशम, लक्ष्मण थारु लगायतले सर्वोच्च अदालतमा पेश गरेका छन् । थारुले २०६५ सालमा माओबादी पार्टी परित्याग गरेका चौधरी छुट्टै मोर्चा बनाएका लक्ष्मण थारुले पछि थरुहट तराई पार्टी नेपाल पार्टी गठन गरी अध्यक्ष भएका थिए ।
नागरिक उन्मुक्ति पार्टीमा लक्ष्मण थारुको प्रवेशसँगै थरुहट थारुवान राष्ट्रिय मोर्चामा आबद्ध उनका सहकर्मीहरू आउने लर्को लाग्ने आङ्कलन गरिएको छ । थरुहट थारुवान राष्ट्रिय मोर्चाका कार्यवाहक अध्यक्ष श्रवण थारु नागरिक उन्मुक्ति पार्टीमा प्रवेशका लागि नेपाल लोकतान्त्रिक पार्टीको महामन्त्रीबाट राजीनामा दिइसकेका छन् ।











