
काठमाडौं । गंगा चौधरीले महान्यायाधिवक्ता खम्मबहादुर खातिको राजिनामा मागेकी छन् ।
बलात्कारका अभियुक्तलाई जोगाउन भूमिका खेलेको भन्दै खातिले पदमा बसिरहन नसुहाउने चाैधरीकाे भनाइ थियाे ।
‘राजनीतिक पहुँचवाला जोडिएको बलात्कार मुद्दा कमजोर बनाउन महान्यायाधिवक्ता र उनको सचिवालय सक्रिय भयो । मुद्दा कमजोर बनाउन नमानेपछि त्यसको अभियोजनमा संलग्न सरकारी वकिल संगीता थोकरलाई सरुवा गरियो,’ आइतबार संसदको शून्य समयमा बोल्दै चौधरीले भनिन्, ‘संगीताको सरुवा बदर गरी काम गर्ने वातावरण सृजना गर्न र बलात्कारको अभियुक्त जोगाउने महान्यायाधिवक्ताको राजिमाना माग गर्दछु ।’
उनले न्याय पैसा र पहुँच हुनेले मात्र पाउने हो, भन्दै प्रश्न गरिन् ।











