Logo
Logo

घट्यो सार्वजनिक यातायातका भाडा (सूचीसहित)


567
Shares

काठमाडौं । सरकारले गाडीभाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले गाडीभाडा समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक गाडीको नयाँ गाडीभाडा समाजोजन गरेको जनाएको छ ।

इन्धनको बजारमूल्य पाँच अथवा सोभन्दा बढीले बढे नयाँ भाडा समायोजन गरिने विभागले बताएको छ ।

विभागले जारी गरेको सूचनाका आधारमा यात्रुबहाक गाडीभाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक गाडीमा ६.९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीभाडा ७.६८ प्रतिशतले घटाइएको छ ।

नयाँ गाडीभाडा दर आज (आइतबार)बाट लागू हुने विभागले जनाएको छ । पछिल्लोपटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्