Logo
Logo

पार्टीका नेताको दबाबले नराम्रा मान्छेलाई पनि नियुक्ति दिन बाध्य भए : प्रेम आले


6k
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पार्टीका नेताको दबाबले नियुक्तिमा नराम्रा मान्छेलाई पनि नियुक्ति दिनु परेको खुसला गरेका छन् । राजीनामापछि आइतबार पर्यटन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको बताउँदै उनले भने, ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ ।’

आले मन्त्री भएपछि नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षको रुपमा युवराज अधिकारीलाई नियुक्त गरेका थिए ।

अधिकारीलाई पार्टीकै नेताको जोडमा नियुक्ति गरिएको तर अधिकारीलाई भ्रष्टाचारजन्य आरोपमा निलम्बन गर्नुपर्ने परिस्थितिलाई इङ्गीत गर्दै आलेले ‘पार्टीका नेताको प्रेसरले नराम्रो मान्छे नियुक्ति गर्नुपर्‍यो, विस्तारै सच्याउँदै गएको थिएँ’ भनेका हुन् ।

केही दिन अगाडि मात्र सरकारले अधिकारीलाई निलम्बन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्