Logo
Logo

नागरिक लगानी कोषले बचत रकममा थप प्रतिफल दिने



काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका बचतकर्तालाई थप प्रतिफल दिने भएको छ । कोषले करिब दुई लाख ९८ हजार सहभागीलाई आर्थिक वर्ष ०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।

कोष सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको जनाइएको छ । ०७८ असार मसान्तसम्मको बचत रकममा सञ्चित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरूको खातामा कुल रकम एक अर्ब ७४ करोड रुपैयाँ जम्मा हुने कोषले जनाएको छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरूको खातामा जम्मा गर्ने व्यवस्था गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्