Logo
Logo

बीपी कोइराला क्यान्सर अस्पताल सञ्चालक समितिमा ६ सदस्य नियुक्त


252
Shares

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त भएका छन् ।

मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ को दफा ७ को उपदफा १ (च) र (ज) बमोजिम रिक्त सदस्य पदका लागि भएको अन्तर्वार्ताबाट योग्यताक्रमअनुसार सिफारिश भएका व्यक्तिलाई सदस्य नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

नवनियुक्त सदस्यले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री मेहताको उपस्थितिमा अस्पतालका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले शपथ खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्