Logo
Logo

महानगरपालिकाका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्ने रेनु दाहालको दावी


378
Shares

तस्विर ; नारायणी अनलाईनबाट साभार

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने दावी गरेका छन् । मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको समेत बताए ।

पाल मगर संघ जिल्ला समन्वय समिति चितवनले आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्मअनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने बताए ।

उनले भने, ‘पहिचानको अधिकारका लागि लडेर आएका हौ । संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाउँमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’

प्रतिक्रिया दिनुहोस्