काठमाडौं । निर्वाचन आयोगले विभिन्न सामग्रीहरुको महँगी बढेको भन्दै सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरू र आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारीबीच भएको छलफलमा आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो ।
गत स्थानीय तहमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च भएको थियो । अहिले विभिन्न सामग्रीहरुको महँगी बढेकोले बजेट बढाउन माग गरिएको आयोगका एक अधिकारीले जानकारी दिए ।











