Logo
Logo

जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने व्यक्ति पक्राउ


3.1k
Shares

टोकियो : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् ।

४१ वर्षीय यामागाती तेत्सुयालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
आबेको चिन्ताजनक अवस्थामा उपचार भइरहेको जापानी संचारमाध्यमहरुले जनाएका छन् ।

आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्